PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

च्याम्पियन्स लिग : ९०औँ मिनेटमा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी विजयी



पहिलोपोस्ट

च्याम्पियन्स लिग : ९०औँ मिनेटमा स्टर्लिङले गोल गरेपछि म्यानचेष्टर सिटी विजयी

म्यानचेष्टर सिटीले एक खेलाडी कम हुनका बावजुतपनि दुई गोल फर्काउँदै युरोपियन च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा सालकेलाई ३-२ ले पराजित गरेको छ।

अवे मैदानमा सिटी २-१ ले पछि परिरहेका बेला निकोलस ओटमण्डीले ६८औँ मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा जरेको थियो। तर अन्तिम ५ मिनेटभित्र लरेय साने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले पुनरागमन जित हात पारेको हो।

खेलको १८औँ मिनेटमै सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर नविन बेन्तालेबले ३८औँ र ४५औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि घरेलु टोली साल्केले पहिलो हाफमै २-१ को अगरता अग्रता बनायो।

ओटामन्डीले रातो कार्ड पाएपछि एक खेलाडी कम बनेको सिटीले उत्कृष्ट पुनरागमन गर्‍यो। ८५औँ मिनेटमा सानेले गोल गर्दै खेल बराबरी गरे भने स्टर्लिङले ९०औँ मिनेटमा विजयी गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell