PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर: थाइल्याण्डले नेपाललाई दियो १२५ रनको लक्ष्य



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर: थाइल्याण्डले नेपाललाई दियो १२५ रनको लक्ष्य

काठमाडौँ : आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत अहिले भइरहेको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको हो। थाइल्याण्डका लागि चनिदा सुथिरिअङले सर्वाधिक ३५ रन बनाइन् भने ओपनर नारुएमल चाइवाईले ३२ रन जोडिन्। वङपाका लिएङगप्रोसेटले नटआउट २८ रन बनाइन्।

यस्तै नतया बुचाथमले १२ र नटाकान चन्तनले ५ रन जोडिन्।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा थाइल्याण्डले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटका लागि चाइवाइ र चन्तनले ३७ रनको साझेदारी गरेका थिए। करुणा भण्डारीले सातौँ ओभरमा चाइवाईलाई बोल्ड गर्दै नेपाललाई पहिलो विकेट दिलाइन्। यस्तै अर्को ओभरमा नेरी थापले चन्तनलाई आउट गर्दै नेपाललाई विकेट दिलाएका थिए।

त्सपछि नेरीले १२औँ ओभरमा बुचाथनलाई आउट गरिन्। ६३-३ बाट थाइ स्कोर उकास्न  चनिदा सुथिरिअङ र वङपाका लिएङगप्रोसेटले चौथो विकेटका लागि ३२ रनको साझेदारी गरे।

१७औँ ओभरमा आफ्नो दोस्रो स्पेल सुरु गरेकी कविता कुँवरले सोही ओभरमा २ विकेट लिँदै थाइल्याण्डलाई दबाबमा राखिन्।

कविताले सर्वाधिक ३५ रन बनाएकी सुचिरिङलाई सोनु खड्काबाट क्याचआउट गराइन् भने ओनिचा कामचोम्पु (०) लाई एबलीडब्लु आउट गरिन्।

यस्तै नेपाली कप्तान रुविना क्षेत्रीले अन्तिम ओभरमा थाइ कप्तान सोर्नरिन टिपोच (२) लाई आउट गरिन्।

नेपालको लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन्। यस्तै कविता कुँवरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् भने करुणाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन्।

जनवरीमा थाइल्याण्डमै भएको टी २० स्म्यासमा नेपाल थाइल्याण्डसँग फाइनलमा ७० रनले पराजित भएको थियो। थाइल्याण्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा १ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफमा नेपाल १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell