PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
photo : cricketthailand

काठमाडौँ : आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) अन्तर्गत दवस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा भएको खेलमा नेपाल ५७ रनले पराजित भएको हो। पहिलो खेलमा मलेसियालाई पराजित गरेको नेपालले पहिले हार बेहोरेपछि शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरपुग्ने सम्भावनामा धक्का लागेको छ।

ग्लोबल क्वालिफायर पुग्न अब नेपालले बाँकी सबै खेल जित्नुपर्नेछ भने थाइल्याण्डले कम्तीमा एक खेल हार्नुपर्नेछ।

नेपालको ब्याटिङ फितलो हादा थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दा ८ विके६ गुमाएर ६७ रन मात्र बनाउन सक्यो। नेपालको लागि इन्दु बर्माले २९ र सीता राना मगरले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

नेपाललाई कम स्कोरमा रोक्न थाइल्याण्डकी कप्तान सोर्नरिन टिपोचले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन्। यस्तै बुचाथमले ३ ओभरमा १ मेडन राख्दै ६ रन रख्चेर १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको हो। थाइल्याण्डका लागि चनिदा सुथिरिअङले सर्वाधिक ३५ रन बनाइन् भने ओपनर नारुएमल चाइवाईले ३२ रन जोडिन्। वङपाका लिएङगप्रोसेटले नटआउट २८ रन बनाइन्।

यस्तै नतया बुचाथमले १२ र नटाकान चन्तनले ५ रन जोडिन्।

नेपालको लागि नेरी थापाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन्। यस्तै कविता कुँवरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् भने करुणाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell