PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली फुटबल टिमका प्रशिक्षक योहान कलिन काठमाडौँ आइपुगे



पहिलोपोस्ट

नेपाली फुटबल टिमका प्रशिक्षक योहान कलिन काठमाडौँ आइपुगे

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कलिन आज नेपाल आइपुगेका छन्।

उनी बिहीबार दिउँसो नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का विदेश विभाग प्रमुख नवीन पाण्डले  जानकारी दिए।

पाण्डेका अनुसार उनलाई विमानस्थलबाट आजै एन्फा कम्प्लेक्स लगिने र एन्फा पदाधिकारीसँग सामान्य छलफल गरिनेछ।

एन्फाले माघ ३ गतेको कार्यसमिति बैठकबाट स्वीडिस नागरिक कलिनलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो। सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन्।

कलिनले २०७० सालमा नेपाल आएर ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए।  उनको प्रशिक्षणमा मछिन्द्र ए डिभिजन लिगको दोस्रो स्थानमा रहन सफल भएको थियो।

कलिनले स्वीडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायिक प्रशिक्षण शुरु गरेका थिए।

यसअघिका नेपाली टिमको मुख्य प्रशिक्षक रहेका जापानी नागरिक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तको प्रक्रिया अघि बढाएको थियो। पर्यटकीय भिषामा नेपालमा काम गरेका काजीको श्रम स्वीकृति लगायत एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काग गर्दै आएकोमा गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन्। उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell