PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोलकिपर किरण चेम्जोङ सम्मानित



पहिलोपोस्ट

गोलकिपर किरण चेम्जोङ सम्मानित

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका नम्वर वान गोलकिपर किरण चेम्जोङ सममानित भएका छन्। पोखदराको सहारा क्लबले गोलकिपर किरणलाई बिहीवार नगदसहित सम्मान गरेको हो।

आहा रारा गोल्डकपको उद्घाटन समारोहमा क्लबले किरणलाई नगद ३५ हजारसहित सम्मान गरेको हो।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले किरणलाई नगद पुरस्कारसहित सम्मान गरे।

माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबाट धिवेही लिगक खेलेका किरणले माल्दिभ्सको लिग जितेका थिए। उनी लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए।

सहारा क्लबले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell