PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

२६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ? 

२६ जना एसपीको पदस्थापना, को कहाँ पुगे ? 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ :  नेपाल प्रहरीले २६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको  पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका एसपीहरुको पदस्थापन गरेको हो।


एसपी कृष्ण प्रसाइलाई लागुऔषध नियन्त्रण व्यूरो, एसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा, एसपी अजय केसीलाई प्रहरी प्रधान कार्यालयको साइबर व्यूरो, एसपी रमेश बस्नेतलाई प्रदेश प्रहरी कार्यालय विराटनगर, एसपी गोविन्द अधिकारीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भक्तपुरमा पदस्थापना गरिएको छ।


महानगरीय प्रहरी वृत दरबारमार्गमा रहेर बढुवा भएका एसपी दानबहादुर मल्ललाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशानालयमा पदस्थापना गरिएको छ। त्यस्तै एसपी रञ्जु सिग्देललाई प्रहरी प्रधान कार्यालयको  वैदेशिक समन्वय महाशाखामा ल्याइएको छ। एसपी सन्तोष खड्का प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell