PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : युएई विरुद्ध नेपाल ७ विकेटले विजयी



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : युएई विरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौँ : बलरहरुले घातक बलिङ गरेपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ।

थाइल्याण्डमा भइरहेको ७ राष्ट्र सम्लितित एसिया रिजनल क्वालिफायरमा नेपालको यो दोस्रो जित हो। पहिलो खेलमा मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली थाइल्याण्ड हार बेहोरेको थियो। यसअघि लगातार तीन खेल जितेको युएईको भने यो पहिलो हार हो।

युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि ओपनर काजल श्रेष्ठले २५ बल खेल्दै ४ चौकाको मद्दतमा १६ रन बनाइन्। यस्तै १७ बल खेलेकी रुविना क्षेत्रीले २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १८ रन बनाइन्।

उपकप्तान सीता राना मगर ६ रन बनाएर आउट भइन् भने टी २० अन्तर्राट्रियमा डेब्यु गरेकी अप्सरी वेगमा ४ बल खेल्दै शुन्यमा आउट भइन्।

युएईका लागि इशा रोहित ओजाले २ विकेट लिइन्।

त्यसअघि बैँककस्थित टेर्डथाई क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको युएई नेपाली बलरको घातक बलिङसामु टिक्न नसक्दा १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो। नेपालको लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन्।

खराब सुरुवात गरेको युएईले १९ रनमै ६ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि चमानी सेनेभिरत्न र नेशा शर्माले १६ रनको साझेदारी गर्दै युएईको स्कोर केही उकासेका थिए।

सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। दुई खेलाडी रनको खाता नखोली आउट भए।

युएईलाई अलआउट गर्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। नेपालको लागि नेरी थापाले ३.३ ओभरमा १ ओभर मेडन राख्दै मात्र ६ रन खर्चेर ४ विकेट लिइन्।

यस्तै उपकप्तान सीता राना मगरले ४ ओभरमा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिइन्।

कविता कुँवरले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् भने सोनु खड्काले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुविना क्षेत्रीले २ ओभरमा १ ओभर मेडन राख्दै २ रन मात्र खर्चिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell