PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच भेटवार्ता



राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं: नेपाल भ्रमणमा रहेका बेलायतका रक्षा राज्यमन्त्री मार्क लेन्कस्टरले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेट गरेका छन्।

शीतल निवासमा आज भएको भेटमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।

उक्त भेटका अवसरमा नेपाल सरकार तथा बेलायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell