PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फ्राइडे रिलिज: सिंगल थिएटरमा तीन नेपाली फिल्मसँगै 'टोटल धमाल'



पहिलोपोस्ट

फ्राइडे रिलिज: सिंगल थिएटरमा तीन नेपाली फिल्मसँगै 'टोटल धमाल'

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्महरु 'रुमालै छ चिनो', 'फिंगर प्रिन्ट' र 'ब्वाइफ्रेण्ड' प्रदर्शनमा आएका हुन्।

दिनेश सिंह ठकुरीको निर्देशन रहेको ‘रुमालै छ चिनो’मा सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका रहेको छ। त्यस्तै अन्य कलाकार किशोर खतिवडा, संचिता लुईंटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत लगायत कलकारको अभिनय रहेको छ। भारत र पाकिस्तानको युद्धमा भारतका लागि युद्ध लड्ने गोर्खालीको कथा फिल्मले बोल्छ।

त्यस्तै नविन निरौला निर्देशित सस्पेन्स थ्रिलर 'फिंगर प्रिन्ट'मा सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी, दीपक त्रिपाठी, आयुष्मा कार्की, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाल लगायतका कलाकारको अभिनय रहेको छ।

'ब्वाइफ्रेन्ड'लाई मदन घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा रोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

तीनवटै फिल्मले सिंगल स्क्रिनमा मात्र सो पाएका छन्।

मल्टिप्लेक्समा नयाँ नेपाली रिलिज छैन। बलिउड फिल्म एड्भेन्चर कमेडी 'टोटल धमाल' सार्वजनिक भएको छ। इन्द्र कुमार निर्देशित फिल्म धमाल फिल्म सिरिजको तेस्रो संस्करण हो। फिल्ममा अजय देवगान, माधुरी दिक्षित, आर्सद वर्सी, जावेद जेफ्री, अनिल कपूर, रितेश देशमुख लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell