PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतको शाक्यवार गाउँका गब्बर श्रीमतीको टाउको लिएर प्रहरी चौकी पुगेपछि...



भारतको शाक्यवार गाउँका गब्बर श्रीमतीको टाउको लिएर प्रहरी चौकी पुगेपछि...
फोटो: GETTY/AFP

नयाँ दिल्लीः श्रीमान श्रीमतीको सम्बन्धलाई विश्वास र समझदारीको बलियो सम्बन्धका रुपमा हेरिन्छ। तर, यही विश्वास शंकामा परिणत भयो भने के होला? भारतको मध्य प्रदेशमा एक दम्पत्तीको विश्वास शंकामा परिणत हुँदा भयानक रुप लिएको छ। श्रीमतीको हत्या गरी श्रीमान उनको टाउको लिएर प्रहरी चौकी पुगे। 

बुधबार मुरैना जिल्लाको सदरमुकाम भोपालबाट करिब ४५० किलोमिटर टाढा महुआ थानाअन्तर्गत केदारपुरा गाउँमा कल्याण शाक्यवार ‘गब्बर’ले आफ्नी श्रीमती पंकजको हत्या गरी उनको टाउको लिएर महुआ पुलिस थाना पुगेका थिए। पत्नीको अर्कैसँग सम्बन्ध रहेको शंकाको आधारमा विवाद बढ्दै जाँदा कल्याणले बुधवार दिउँसो पंकजको टाउको बन्चरोले काटेर हत्या गरेका थिए। 

हत्यापछि श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना जाँदा उनलाई देखेर मान्छेहरु आत्तिएका थिए। प्रहरीले उनलाई तत्काल गिरफ्तार गरेको बीबीसी हिन्दीले जनाएको छ। मुरैनाका प्रहरी प्रमुख रियाज इकबालले अभियुक्तलाई हिरासतमा राखेर घटनाको जाँच भइरहेको बताए।
 
१० वर्षअघि बिहे गरेका कल्याण र पंकजबीच पछिल्लो समय दिनदिनै झगडा हुने गरेको थियो। यो दम्पत्तीका ३ सन्तान छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell