PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'वाइडबडी'पछि 'न्यारोबडी'मा पनि भ्रष्टाचार? टेन्डर रोक्दै लेखा समितिले थाल्यो छानविन



पहिलोपोस्ट

'वाइडबडी'पछि 'न्यारोबडी'मा पनि भ्रष्टाचार? टेन्डर रोक्दै लेखा समितिले थाल्यो छानविन

काठमाडौं : नेपाल वायु सेवा निगमको न्यारोबडी विमान मर्मतका लागि गरिएको टेन्डरमा प्रक्रिया मिचिएको भन्दै संसदले हस्तक्षप गरेको छ।
संघीय संसदको सार्वजनिक लेखा समितिले टेन्डरमा प्रक्रिया मिचेर अनियमितता हुन सक्ने भन्दै हस्तक्षेप गरी प्रक्रिया रोकेको छ।

आज बसेको समितिको बैठकले टेन्डर प्रक्रिया यथास्थापनमा राख्न निर्देशन दिएको छ। 

‘निगमलाई हामीले निर्देशनसहित चिठी फ्याक्स गरेका छौं। टेन्डर प्रक्रिया जहाँ छ, त्यहीँ रोकेर राख्न भनेका छौं। अर्को निर्देशन नगएसम्मका लागि रोकिएको हो,’ लेखा समितिका सचिव डा.रोजनाथ पाण्डेले पहिलोपोस्टसँग भने,‘यसबीचमा समितिले छानविन गर्नेछ। सम्भवतः १७ गतेसम्म छानविन गरी समितिको अर्को बैठक बस्नेछ। उक्त बैठकले अर्को निर्देशन दिनेछ।’

निगमले न्यारोबडी ए ३२० जहाजको इन्जिन मर्मतका लागि रि–टेन्डर गरेको थियो। २०१८ मे ११ मा पहिलो पटक प्रकाशित इन्जिनको मर्मत तथा लिजको डेन्डर रद्द गर्दै जनवरी ८ मा पुनः इन्जिन मर्मतका लागि मात्रै टेन्डर भएको थियो। टेन्डरमा सहभागी कम्पनीहरुको बोलपत्र आज खोल्ने तयारी थियो।


ए ३३० वाइड बडी विमान मर्मत पार्ट्स सप्लायर्स र ए ३२० न्यारोबडीको पार्ट्स सप्लायर्स र इन्जिन लिजमा लिन एउटै टेण्डर आह्वान गर्न नमिल्ने भन्दै निगमका कार्यकारी निर्देशक मदन खरेलले पुरानो टेन्डर रद्द गरी रिटेन्डर गरेका थिए। उक्त विषयमा उजुरी परेपछि समितिले छानविन गर्न लागेको हो।

यसअघि वाइडबडी प्रकरणमा पनि सार्वजनिक लेखा समितिले छानविन गरेको थियो। तर अहिलेसम्म दोषीलाई कारवाही भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell