PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

निर्मलाको न्यायका लागि जारी धर्ना १ सय ३ दिनपछि स्थगित



निर्मलाको न्यायका लागि जारी धर्ना १ सय ३ दिनपछि स्थगित

कैलालीः निर्मलाको न्यायका लागि कञ्चनपुरमा जारी धर्ना स्थगित गरिएको छ। निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य परीक्षणको लागि काठमाडौं जानुपर्ने भएकाले धर्ना स्थगित गरिएको अधिकारकर्मी मीना भण्डारीले जानकारी दिइन्।
 
गत कातिक २५ गतेबाट निर्मलाका परिवार र अधिकारकर्मीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि धर्ना शुरु गरेका थिए। १ सय ३ दिनपछि यज्ञराजको स्वास्थ्य अवस्थाका कारण धर्ना स्थगित गरिएको भण्डारीको दावी छ। 

गत साउन १० गते साथीको घर जान्छु भनेर घरबाट निस्किएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा फेला परेको थियो।  आठ महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन। अहिले पनि विभिन्न टोली बनाएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell