PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अन्तरार्ष्ट्रिय पर्यटन महिला उद्यमी अवार्ड अम्बिका श्रेष्ठदेखि सुनैनासम्मलाई प्रदान गरिँदै



अन्तरार्ष्ट्रिय पर्यटन महिला उद्यमी अवार्ड अम्बिका श्रेष्ठदेखि सुनैनासम्मलाई प्रदान गरिँदै

ललितपुर: पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई अन्तरार्ष्ट्रिय पर्यटन उद्यमी अवार्ड प्रदान गरिने भएको छ। फागुन २२ गते होटल अन्नपूर्णमा कार्यक्रम आयोजना गरी पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई उक्त अवार्ड प्रदान गर्न लागिएको पलेटीज् होलिडेले जनाएको छ।

आज ढोकैमा क्याफेमा पत्रकार सम्मेलन गरी पलेटीज्का अध्यक्ष किशोर घिमिरेले उक्त जानकारी दिए। उद्यमीलाई भ्वाइसेस एन्ड भिजन वमन अवार्ड नाम रहेको उक्त उद्यमी अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ, सगरमाथा आरोही रोजिता बुद्धचार्य, पर्यटन गाइड सुनैना राउत र भारतीय सुचिता नाग्पल, मेघा शर्मा र सुकन्या एएमलाई प्रदान गरिने छ।

अवार्ड प्रदेश नं ३ की प्रमुख एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले हस्तानतरण गर्नेछिन्। 

एनआइसी एसिया बैंकको सहकार्यमा पहिलोपटक यो अवार्ड प्रदान गर्न लागिएको पलेटीज्का अध्यक्ष घिमिरेले जनाए। 

'नेपाल सरकारले लिएको भिजिट नेपाल ट्वान्टी - ट्वान्टीको लक्ष्यलाई समर्थन र सहकार्य गरी अघि बढ्ने योजना भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell