PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ने क पाको सांगठानिक एकताकाका लागि गठित कार्यदल विघटनप्रति योगेशको आपत्ति, 'कार्यकर्तालाई निराश बनाइयो'



ने क पाको सांगठानिक एकताकाका लागि गठित कार्यदल विघटनप्रति योगेशको आपत्ति, 'कार्यकर्तालाई निराश बनाइयो'

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न गठित कार्य दल विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयप्रति आपत्ति जनाउनु भएको छ। 

पार्टीको सांगठानिक एकताका लागि प्रस्ताव तयार पार्न स्थायी समितिदवारा गठित कार्य दलका सदस्य समेत रहनु भएका नेता भट्टराई सचिवालय बैठकको सो निर्णय दूर्भाग्यपूर्ण रहेको दावी गर्दै आपत्ति जनाएका हुन्। उनले पार्टी सचिवालयको शुक्रबार बिहान बसेको बैठकको सो सम्बन्धी निर्णय विधान विपरित रहेको र त्यसले कार्य दलले काम गर्न सके/नसकेको सही समीक्षा गर्न नसकेको आरोपसमेत लगाए। 

शुक्रबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता भट्टराईले पार्टी स्थायी समितिले बनाएको कार्य दल विधान विपरित सचिवालय बैठकले विघटन गरेको तर्क पनि गरे। भट्टराईले उक्त कार्य दललाई कार्य दलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले काम गर्न नदिएको आरोप लगाए।

नेता भट्टराईले कार्य दललाई विघटन गर्ने पार्टी सचिवालय बैठकको निर्णयले पार्टीको एकता प्रक्रियालाई अन्यौलमा धकेलेको र पार्टीका नेता, कार्यकर्तालाई निराश बनाएको दाबी गरे।

गत पुस १३ गतेको पार्टी स्थायी समिति बैठकले पार्टीको सांगठनिक एकताका लागि प्रस्ताव तयार पार्न सचिवालयका सदस्य थापा नेतृत्वको कार्य दल गठन गरेको थियो।

कार्यदलमा संयोजक थापासहित सदस्यमा महासचिव विष्णु पौडेल, शङ्कर पोख्रेल, रघुवीर महासेठ , वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र वेदुराम भुसाल रहेका थिए। 

सम्बन्धित समाचार

ने क पाको सचिवालय बैठक: ओली अल्पमतमा पर्ने देखिएपछि एकताका लागि गठित कार्यदल असहमतिकाबीच विघटन 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell