PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पीएसएल डेब्युमा सन्दीपले लिए ३ विकेट, खर्चिए ४६ रन



पहिलोपोस्ट

पीएसएल डेब्युमा सन्दीपले लिए ३ विकेट, खर्चिए ४६ रन

काठमाडौँ : पाकिस्तान सुपर लिग (पीएसल) डेब्यु खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन्।

लाहोर कलन्दर्सका लागि शुक्रवार पहिलो खेल खेलिरहेका युवा स्टार सन्दीपले धेरै रन खर्चिएपनि मुल्तान सुल्तानको ३ महत्वपूर्ण विकेट लिए।

युएईको शारजहाँ क्रिकेट स्टेडियममा भइरहेको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर ३ विकेट लिएका हुन्।

उनले मुल्तानका जेम्स भिन्स, कप्तान सोएब मल्लिक र आन्द्रे रसेलको विकेट लिए।

नवौँ ओभरमा सन्दीपले १७ रन खर्चँदा भिन्सले दुई छक्का र एक चौका प्रहार गरेका थिए। १२औँ ओभरमा सन्दीपले ७ रन खर्चँदै भिन्सलाई फकर जमनको हातबाट क्याचआउट गराए।

१४औँ ओभरमा सन्दीपले १५ रन खर्चे भने मल्लिकलाई डेविड वाइजको हातबाट क्याचआउट गराए।

३ ओभरमा ३९ रन खर्चेका सन्दीपले आफ्नो स्पेशलको अन्तिम ओभरमा पनि विकेट लिए। उनले १६औँ ओभरमा आन्दरे रसेललाई कट एण्ड बोल्ड गरे। पहिलो बलमा रसेलले सन्दीपलाई छक्का प्रहार गरेका थिए। तर सन्दीपले तेस्रो बलमा आफै क्याच गर्दै रसेललाई आउट गरे।
 

लाहोरका लागि दोस्रो महँगा बलर बनेका सन्दीपले २४ बल बलिङ गर्दा ९ बल डट फालेका थिए। तर ५ छक्का र १ चौका दिएपछि सन्दीपले महँगा सावित भएका हुन्।

लाहोरले टस जितेर पहिले फिल्डिङ रोजेपनि बलिङ खराब भएपछि मुल्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको छ। र जवाफी ब्याटिङ गरिरहेको लाहवरले उत्कृष्ट प्रदर्शन गरेको छ।

लाहवरले यसअघि नै तीन खेल खेलिसक्का २ मा हार र एकमा जितको नतिजा निकालेको थियो।

सन्दीप भने अष्ट्रेलिया बिग बास लिगमा व्यस्त रहेकाले सुरुको तीन खेल खेल्न पाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell