PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज



पहिलोपोस्ट

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज

काठमाडौँ : राजधानीमा शुक्रबार राति एकाएक आतंक मच्चियो। राति करिब ८ बजेतिर ललितपुर क्षेत्रका बासिन्दाले ठूलो आवाजसहित विस्फोट भएको सुने। 

नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोट थियो त्यो। विस्फोटका कारण तीन जना बटुवा घाइते भए भने नजिकैका घर तथा पसलका शिशा समेत फुटे। 

घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर गरी तीन जना पैदल यात्रु घाइते भएका हुन्।

घाइते काभ्रेकी २५ वर्षीया उरुषालाई मेडिसिटी अस्पताल, बाग्डोलकी २६ वर्षीया प्रतिक्षालाई अल्का अस्पताल र लमजुङका ४९ वर्षीय सिंहप्रसादलाई बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसमध्ये प्रतिक्षा र सिंहप्रसादलाई मेडिसिटीमै रिफर गरिएको छ।  घाइते उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन्।

घाइतेमध्ये सिंहप्रसाद र प्रतिक्षाको स्थिति गम्भीर छ। 

विस्फोटनको थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए।

नक्सालमा सेनाको डिस्पोज

नख्खुमा विस्फोट भएको खबर फैलिए लगत्तै काठमाडौँको नक्सालस्थित लोत्सेचोकमा शंकास्पद वस्तु फेला पर्‍यो। नेपाली सेनाको डिस्पोजल टोली डाकियो।  

आँगन रेष्टुरेष्ट अगाडि प्रेसर कुकुर भित्र रहेको विस्फोटक पदार्थ सेनाले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी अशोक सिंहले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell