PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपडेट : नख्खु विस्फोटमा घाइतेमध्ये दुईको अवस्था गम्भीर, दुई अस्पतालबाट घाइते मेडिसिटी ल्याइयो



पहिलोपोस्ट

अपडेट : नख्खु विस्फोटमा घाइतेमध्ये दुईको अवस्था गम्भीर, दुई अस्पतालबाट घाइते मेडिसिटी ल्याइयो

काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर छ।  विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।

घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धरलाई मेडिसिटी अस्पताल, बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल र लमजुङका ४९ वर्षीय सिंहप्रसादलाई बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसमध्ये प्रतिक्षा र सिंहप्रसादलाई मेडिसिटीमै रिफर गरिएको छ। घाइते उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन्।

घाइतेमध्ये सिंहप्रसाद र प्रतिक्षाको स्थिति गम्भीर छ। सिंहप्रसादको कम्मरमुनिको भाग गम्भीर छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell