PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन प्रत्यक्षदर्शी, जसले नख्खु विस्फोटमा यस्तो भोगे, 'फोटो/भिडियो खिच्न छाडी उद्धार गरेको भए गुरुङ बच्थे' 



सागर बुढाथोकी

तीन प्रत्यक्षदर्शी, जसले नख्खु विस्फोटमा यस्तो भोगे, 'फोटो/भिडियो खिच्न छाडी उद्धार गरेको भए गुरुङ बच्थे' 

काठमाडौं: नख्खुस्थित एनसेल कार्यालयबाहिर भएको विस्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने दुई जना घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ विस्फोट हुँदा एनसेल कार्यालय अगाडि रहेका केही पसल घटनाको साक्षी बन्यो। ती पसलहरुको सिसा फुटे भने धेरै क्षति भएको पसलका सञ्चालकहरुले बताएका छन्। बम पड्किँदाको क्षण कस्तो थियो त? तीन प्रत्यक्षदर्शीको बयान यस्तो छ:

प्रत्यक्षदर्शी १: राजकुमार राई, एनसेल गेट अगाडिको मोबाइल पसल

म पसलमा थिएँ। साँझ ७:५५ जति बजेको थियो। एकदम ठूलो आवाज आयो। अहिलेसम्म दाहिने कान राम्रोसँग सुन्न सकेको छैन। मेरो पसल अगाडिको ग्लास सबै फुट्यो। धेरै सामानहरू क्षति भयो। 

आवाज आउँदा मोबाइलमा सिसा हाल्दै थिएँ। आवाज आएको १० मिनेटसम्म धुलो धुवाँबाहेक केही देखिनँ।

१० मिनेटपछि हेर्दा सिसाको टुक्राहरू र मान्छे लडेको देखेँ। मासुको चोक्टाहरू उछिट्टिएका थिए। जुत्ताहरू पनि।

बम पड्केको १५/२० मिनेटपछिमात्र प्रहरी आइपुगे। प्रहरी आउँदा एकदम भिड भइसकेको थियो। १० मिनेटपछि  घाइतेलाई लगे।

प्रहरी आएपछि तत्कालै कसैलाई त्यहाँ जान दिएन। अस्पताल लान ट्याक्सी तयार गर्नेलाई लान दिएन। मुचुल्का के गर्नुपर्छ भनेर १० मिनेटजति ढिलो गरे।

बमले गर्दा पसलमा यति धुलो छिर्‍यो कि आज दिनभरमा सफा गर्न सक्या छैन।

प्रत्क्षदर्शी २: अलाउदिन देवान, एनसेल गेट छेउको कपडा पसल

पसलबाट तरकारी किन्न निस्केको थिएँ। तलको चोकमा तरकारी किनेर फर्कँदा ठूलो आवाज आयो। ग्यास पड्केको जस्तो लाग्यो।

त्यतापट्टि हेर्दा धुजा परेको जुत्ता थियो। धुलो धुँवाले केही नदेख्ने भयो। गाडीको चाप अरू दिन भन्दा कम थियो।

पछि हेर्न जाँदा मान्छे लडिरहेको थियो। खुट्टा नै चुँडिएको। रगत बगिरहेको। मान्छेलाई उठाउन खोज्दा कोहीले साथ दिएन, सब खिच्नतिर लागे।

प्राय सबै फोटो खिच्न र फेसबुकमा हाल्नतिर लागे। त्यहीबेला अस्पताल लाने मेरो प्रयास असफल भयो।

मैले प्रहरीलाई बजेर ७:५६ मिनेटमा फोन गरे। प्रहरी आउँदा लगभग ८:१० मिनेट भएको थियो।

प्रहरी आएको १० मिनेटपछि घाइतेलाई लगे। त्यहाँ लडिराखेको एकजना घाइते मात्र थियो। अरू दुई जना थिएनन्। बेहोस भएको थिएन घाइते।

उसले फोटो भिडियो खिच्ने मान्छेलाई हेरिराखेको थियो। तर बोल्न सकिरहेको थिएन।

घटना हुनासाथ सबै जनाले धमाधम सटर बन्द गरे। कतिपयले आज पनि सटर खोलेनन्।


प्रत्यक्षदर्शी ३ : अतित लामा, एनसेल गेटअगाडिको क्याफे 

ग्राहकहरू थिए रेस्टुरेन्टमा। खाँदै गरेका उनीहरु सिसा फुटेपछि भागाभाग गर्न थाले। धन्न कसैलाई चोट लागेन। विदेश नगई देशमा केही गरूम भनेको गरी खान नदिने भए।

इन्टायर बिल्डिङको पाँचै तलाको सिसा फुटेको छ।  कति शक्तिशाली बम रैछ आफै अन्दाज गर्नुस्।

अब रेस्टुरेन्ट कति दिन  बन्द गर्नुपर्ने हो सबै ध्वस्त छ। टिभी नि फुट्यो। लाखौँ क्षति भयो। अब यसको क्षतिपूर्ति कसले बेहोर्ने? सरकारले नहेरिदिने हो भने डुब्छु होला म त।

सम्बन्धित समाचार

अपडेट: नख्खु विस्फोटमा घाइते गुरुङको मृत्यु, यस्तो छ अरु दुईको स्वास्थ्य अवस्था

राजधानीमा शुक्रबार राति फैलिएको आतंक : नख्खुमा तीन जना घाइते हुने गरी विस्फोट, नक्सालमा डिस्पोज

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते

नख्खु विस्फोट: बाइक चलाउँदै घर फर्केका रितेशको बयान, 'पछाडि बसेकी श्रीमतीको दाहिने पातोमा कुकरको सिट्ठी पसेको पत्तै पाइनँ'

नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्योहर्छ: गृहमन्त्री थापा

नख्खु विस्फोट : एनसेलकै सुरक्षा गार्ड नियन्त्रणमा, विप्लवका ज्वाइँ शंकाको घेरामा

नख्खु विस्फोटमा घाइते प्रतीक्षा भन्छिन्, 'बम पड्केको ठाउँमा कोही घाइते देखिनँ, घर पुग्दा आफ्नै पातोमा कुकरको सिट्ठी पसेको रहेछ'

घाइतेले 'बचाऊ..' भन्दै हात हल्लाइरह्यो, मुचुल्का नगरी मान्छे उठाउन मिल्दैन भनियो : नख्खु विस्फोटका प्रत्यक्षदर्शी

नख्खु विस्फोट अपडेट : सिंहप्रसादको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell