PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

चार जना छात्रालाई यौन दुर्व्यवहार गरेका प्रधानाध्यापक पौडेललाई पाँच वर्ष जेल सजाय


चार जना छात्रालाई यौन दुर्व्यवहार गरेका प्रधानाध्यापक पौडेललाई पाँच वर्ष जेल सजाय

पर्वत: आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ।

 

जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो।

 

विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो।

 

छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा गत साउन ६ गते नै उजूरी दिएका थिए।

 

आरोपित कुँवरलाई गिरफ्तार गरी प्रहरीले यौनजन्य हिंसा अपराधअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाउपर अदालतले सात वर्षीया दुई बालिकालाई यौन अपराध गरेको हकमा पाँच वर्ष र सोभन्दा माथिल्लो उमेरका बालिकाको यौन अपराधमा चार वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो। रासस



चार जना छात्रालाई यौन दुर्व्यवहार गरेका प्रधानाध्यापक पौडेललाई पाँच वर्ष जेल सजाय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट