PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दार्चुलामा जिप दुर्घटना, ८ को शव फेला, महाकाली नदीमा खस्दा उद्धारमा कठिनाई



दार्चुलामा जिप दुर्घटना, ८ को शव फेला, महाकाली नदीमा खस्दा उद्धारमा कठिनाई

दार्चुला: दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका असइ महानन्द भट्टले जानकारी दिए। मृतकको संख्या बढ्न सक्ने उनले जनाए।

 सदरमुकाम खलङ्गाबाट हिकिला गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो। जिप चालक दीपकसिंह धामी घाइते भएका छन्। उनलाई थप उपचारका लागि गाडीमार्फत भारतको पिथौरागढतर्फ पठाइएको भट्टले जानकारी दिए। 

राति ८ बजे जिप दुर्घटना भएको हो। जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको र राति भएकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell