PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


जग्गा विवादमा बञ्चरो प्रहार गरी एकको हत्या


जग्गा विवादमा बञ्चरो प्रहार गरी एकको हत्या

कञ्चनपुर: भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ। जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए। 

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए। हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताए। रासस 



जग्गा विवादमा बञ्चरो प्रहार गरी एकको हत्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट