PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


कैलालीको चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ


कैलालीको चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ

कैलाली: प्रहरीले कैलालीको चिसापानीबाट २ किलो ३ सय ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ।

गएराति चिसापानीमा प्रहरीले जाँच गर्दा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सुन चाँदी ओसार पसारमा संलग्न कार चालक धनगढी उपमहानगरपालिका १ का ४५ वर्षीया रमेश कुमार सैजु र कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ कि २५ वर्षीया सीताकुमारी चौधरी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट चाँदीका विभिन्न सामाग्रीसहित ३ थान मोबाइल सेट र बा १९ च ७४१३ नम्बरको कार पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए।

थप कारबाहीका लागि उनीहरूलाई बरामद सुन चाँदीसहित राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूर पश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पाठाइने प्रहरी उपरीक्षक तिम्सिनाले बताए।

यसअघि गत फागुन २ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जना र फागुन ३ मा कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो।



कैलालीको चिसापानीबाट २ किलो सुनसहित दुई जना पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट