PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक पक्राउ, अरुको खोजी गर्दै प्रहरी


गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक पक्राउ, अरुको खोजी गर्दै प्रहरी
फोटो: hamrodoctornews.com

काठमाडौं: प्रहरीले गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष खनालसहित दुई जनालाई पक्राउ गरेको छ।

सरकारले निर्धारण गरेको अध्यापन शुल्कभन्दा बढी रकम लिएर विद्यार्थीलाई ठगी गरेको आरोपमा खनाल र परीक्षा नियन्त्रक लक्ष्मीप्रसाद शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए।

कलेजले ठगी गरेको भन्दै बुधवार विद्यार्थीले सञ्चालकसहित १६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए। सञ्चालक खुमा अर्याल, प्रधानाध्यापक रविन्द्रप्रसाद श्रेष्ठ,  हरिमाया पौडेल, दिनेश पौडेललगायत विरुद्ध उजुरी परेको छ। नर्सिङ अध्यारत विद्यार्थीले १० जना र मेडिकल अध्यारत विद्यार्थीले ६ जना गरी छुट्टाछुट्टै उजुरी दिएका हुन्।

नर्सिङ अध्यानको पहिलो वर्षमा ७० देखि ८० हजार रुपैयाँ बढी लिएको र मेडिकलमा भने ९ लाख रुपैयाँसम्म बढी शुल्क लिएको उजुरी परेको हो।

उजुरी परेकामध्ये अन्य भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। निरीक्षक सुवेदीले भने, ’ उजुरीका आधारमा नियन्त्रणमा लिएका हौँ। अन्यको खोजी भइरहेको छ। कलेजमा अध्यानरत असन्तुष्ट विद्यार्थीहरूले गत माघको दोस्रो सातादेखि विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्।



गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक पक्राउ, अरुको खोजी गर्दै प्रहरी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट