PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाइकरको रुपमा देखिँदै शाहिद कपूर



पहिलोपोस्ट

बाइकरको रुपमा देखिँदै शाहिद कपूर

दुई महिनायता शाहिद कपूर नयाँ फिल्मको छायांकनमा व्यस्त छन्। उनले फिल्म 'कबिर सिंह'मा बाइकरको भूमिका निर्वाह गर्दै छन्।

फिल्म तेलेगु फिल्म 'अर्जुन रेडी'को हिन्दी रिमेक हो। फिल्मको तेलेगु संस्करण २०१७ मा सार्वजनिक भएको थियो। फिल्ममा शाहिद असफल मेडिकल विद्यार्थीको रुपमा देखिने छन्। जो बाइकर बन्छन्।

रिल बाहेक रियलमा पनि उनलाई बाइकमा निकै रुची छ र महङ्गा बाइकहरु चड्छन्। उनले हालै अठार लाख पच्चिस हजार बराबारको बिएमडब्लु आर १२५० जिएस किनेका छन्। उनले सोही बाइकसँगको फोटो राख्दै सामाजिक सञ्जालमा लेखेका छन्- हाँस्नका लागि १२५० बाहाना। ह्यास ट्यागमा लेख्छन् 'बाइक लभर गन म्याड'। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

1250 reasons to smile. Thank you @bmwmotorrad @bmwmotorrad_in for the stunning gs1250 #bikelover gone mad 🤩

A post shared by Shahid Kapoor (@shahidkapoor) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell