PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अलि मियाँलाई १ लाख रुपैयाँ राशिको हेमराज पहारी पुरस्कार



पहिलोपोस्ट

अलि मियाँलाई १ लाख रुपैयाँ राशिको हेमराज पहारी पुरस्कार

काठमाडौः  हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोक कवि अलि मियाँलाई प्रदान गरिएको छ। पहारीको नवौँ स्मृति दिवसको अवसरमा एक लाख राशिको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो।

वरिष्ठ लोक गायिका एवम प्रज्ञा सभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रिता न्यौपाने पहारीले लोक कवि अलि मियाँका ज्येष्ठ सुपुत्र एवम लोक कवि अलि मियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँलाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशि १ लाख रुपैयाँको साथमा ताम्रपत्र रहेको छ। मियाँलाई प्रदान गरिएको पुरस्कार चौथो हो। प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद् र धरानको विमल गुरुङ स्मृति पुस्तकालयलाई प्रदान गरिएको थियो।

साहित्यकार अनिल पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेको प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।

कार्यक्रममा प्रज्ञा सभा सदस्य कोइरालाले प्रगतिशील विचारधाराका माध्यमबाट देशलाई चिनाउन सफल व्यक्तित्व हेमराज पहारीलाई भएको दाबी गरिन्। साहित्यकार एवं प्रतिभा छनोट समिति संयोजक अनिल पौडेलले लोक कवि अलि मियाँको योगदानको कदर गर्न पुरस्कार प्रदान गरिएको बताए।

लोक कवि अलि मियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनीफ मियाँले पोखरा तथा साहित्य जगतले हेमराज र अलि मियाँको जति गुणगान गाए पनि कमी हुने बताए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell