PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


बम विस्फोटपछिको अवस्था बुझ्न गुरुङको घर पुगे उपप्रधान तथा रक्षामन्त्री पोखरेल


बम विस्फोटपछिको अवस्था बुझ्न गुरुङको घर पुगे उपप्रधान तथा रक्षामन्त्री पोखरेल

काठमाडौं: उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धारास्थित घर पुगेर बम विस्फोटपछिको अवस्था बुझेका छन्।

गत शुक्रवार राति गुरुङको घरमा विस्फोट भएको थियो। 

मंगलवार बिहान मन्त्री पोखरेलले अध्यक्ष गुरुङ, उपाध्यक्ष रामप्रसाद भान्तना, पूर्व अध्यक्ष विमल ढकाल महासचिव नरेश गेलाललगायतलाई भेटेर घटनाबारे जानकारी लिएका थिए। बसुन्धारास्थित घरमा शुक्रबार राति भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहको युवा संगठनले लिएको छ।
 
युवा संगठन नेपाल मध्य केन्द्रीय कमाण्डका केन्द्रीय सचिव शिशिरले गत शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो कमाण्डले कारबाही गरेको जिम्मा लिँदै अझ बढी सशस्त्र कारबाही गर्न सक्ने चेतावनी पनि दिएको छ।
 
शुक्रबार गुरुङको घरमा विस्फोट लगत्तै आगो लागेको थियो। आगोका कारण गुरुङको पार्किङ गरी राखेको कार पूर्ण रुपमा क्षति भएको छ। घटनामा दुई जना घाइते पनि भएका छन्। 
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नेकपाको नाम हटाएर लुटेरा समूह नाम राख्नुपर्ने भन्दै आलोचना गरेकै दिन बम विस्फोट गराइएको हो। 

यसअघि गत फागुन १० गते शुक्रबार ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। यसको जिम्मा पनि विप्लव समूहले लिइसकेको छ।



बम विस्फोटपछिको अवस्था बुझ्न गुरुङको घर पुगे उपप्रधान तथा रक्षामन्त्री पोखरेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट