PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

सीके राउतसँग सरकारले गरेको सहमतिको विरोधमा सिठ्ठी जुलुस, सत्तारुढ दलकै विद्यार्थी उत्रिए सडकमा

सीके राउतसँग सरकारले गरेको सहमतिको विरोधमा सिठ्ठी जुलुस, सत्तारुढ दलकै विद्यार्थी उत्रिए सडकमा


काठमाडौं: सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीले आज सिठ्ठी जुलुस निकालेका छन्।

सरकारले गरेको ११ बुँदे सहमतिमा २ नम्बर बुँदा र ६ नम्बर बुँदा विवादास्पद् रहेकोले सच्याउन माग गर्दै प्रदर्शन गरेको क्याम्पका स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रज्वल ढुंगानाले पहिलोपोस्टलाई जानकारी दिए।

सहमतिपछि जनकपुरमा सीके राउतका समर्थकले देशको अखण्डताविरुद्ध बोल्न थालेकोले यसप्रति सरकार सचेत होस भनी प्रदर्शन गरेको उनको भनाई थियो। जुलुस हरिवन बजार परिक्रमा गरेको थियो। उक्त सभालाई अनेरास्ववियुकी सचिव आरती लामा र क्याम्पस स्ववियुका पदाधिकारीले सम्बोधन गरेका थिए। गत निर्वाचनमा स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी भएको थियो।



ट्रेन्डिङ पोस्ट