PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


वाइडबडी छानबिन हुनुपर्छ, एनसेलले कर तिर्नुपर्छ, सीके राउतसँग गरेको सम्झौताको ओलीले खण्डन गर्नुपर्छ: देउवा


वाइडबडी छानबिन हुनुपर्छ, एनसेलले कर तिर्नुपर्छ, सीके राउतसँग गरेको सम्झौताको ओलीले खण्डन गर्नुपर्छ: देउवा

पोखरा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए। 

सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाँउदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसको खण्डन गर्नुपर्ने बताए। फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोजेको सभापति देउवाको आरोप थियो।

देउवाले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे। वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो। प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो। रासस



वाइडबडी छानबिन हुनुपर्छ, एनसेलले कर तिर्नुपर्छ, सीके राउतसँग गरेको सम्झौताको ओलीले खण्डन गर्नुपर्छ: देउवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट