PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

सीकेसँगको सहमतिले देशको अखण्डतामाथि प्रहार गरेको भन्दै नेविसंघ सडकमा, 'केपी ओली राजा बन्न खोजे'


सीकेसँगको सहमतिले देशको अखण्डतामाथि प्रहार गरेको भन्दै नेविसंघ सडकमा, 'केपी ओली राजा बन्न खोजे'

काठमाडौं: नेपाल विद्यार्थी संघ आरआर इकाईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शन गरेको छ। बिहान आरआर क्याम्पस अगाडि उनीहरुले टायर जलाएर प्रदर्शन गरेका थिए।

विद्यार्थीको प्रदर्शन केही बेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो। 

देशको अखण्डतामाथि प्रहार गर्न सरकार नै उद्दत देखिएकोले प्रदर्शन गरिएको नेविसंघ आरआर इकाइका अध्यक्ष पुस्कर बास्तोलाले बताए। बास्तोलाले भने, 'गैरन्यायिक व्यक्तिलाई अदालत र सरकारको सेटिङमा जेलबाट रिहा गरी सम्झौता गरेर सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गर्‍यो। केपी ओली राजा बन्न खोजे। यसको विरोधमा हामीले प्रदर्शन गरेका हौं।'

 



सीकेसँगको सहमतिले देशको अखण्डतामाथि प्रहार गरेको भन्दै नेविसंघ सडकमा, 'केपी ओली राजा बन्न खोजे' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट