PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


ने क पाकी सचेतक शान्ता चौधरी फेरि बेहोस, तुलसीपुरमा उपचार गराउँदै


ने क पाकी सचेतक शान्ता चौधरी फेरि बेहोस,  तुलसीपुरमा उपचार गराउँदै

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलकी सचेतक शान्ता चौधरी आज फेरि बेहोस भएकी छिन्।

गत असोजमा संविधान दिवसका दिन टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदा बेहोस भएकी उनी उच्च सरकारी वकील कार्यालय, तुलसीपुरको भवन उद्घाटन कार्यक्रममा मन्तव्य ब्यक्त गरेपश्चात बेहोस भएकी हुन्।

अहिले चौधरी दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गराउँदैछिन्। उपचारपछि उनी होसमा आएकी छिन्।

उच्च सरकारी वकील कार्यालय, तुलसीपुरको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै संघीय सांसद् तथा नेकपाका सचेतक  चौधरी। 



ने क पाकी सचेतक शान्ता चौधरी फेरि बेहोस, तुलसीपुरमा उपचार गराउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट