PahiloPost

May 24, 2019 | १० जेठ २०७६


ने क पाको एकता ढिलाइप्रति नारायणकाजीले पोखे असन्तुष्टि, 'अकर्मण्य र तमासे नबनाै'


ने क पाको एकता ढिलाइप्रति नारायणकाजीले पोखे असन्तुष्टि, 'अकर्मण्य र तमासे नबनाै'

काठमाडौं: पार्टी एकता भएको १० महिना बित्दासमेत सांगठनिक एकताका बाँकी काम पूरा हुन नसक्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र असुन्तुष्टि बढ्दै गएको छ। 


ने क पाका प्रवक्ता नारायण काजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसमेत प्रकाशित हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। 


सामाजिक सञ्जाल ट्वीटरमा एकीकरणका काम समयमा टुंगो लगाउनसमेत उनले माग गरेका छन्। 


'हाम्रो पार्टी ने क पा घोषणा भएको करिब १० महिना पुग्न लाग्यो। अझै सांगठनिक एकीकरणको कार्य पुरा हुन सकेको छैन। लाखौँ कार्यकर्ता कमिटी र जिम्मेवारी बिहीन बनेका छन्,' उनले अगाडि लेखेका छन्, 'पार्टीको राजनीतिक प्रतिवेदन पनि प्रकाशित भएको छैन। यो दुखःद र हानीकारक स्थितिको अन्तको लागि जे गर्नुपर्छ तुरुन्त गरौँ।'

त्यसैगरी उनले अर्को ट्वीट गर्दै भनेका छन्, 'पार्टी एकता भएकाे १०महिना बित्दा पनि सांगठनिक एकीकरण पुरा नहुनु र राजनीतिक प्रतिवेदन प्रकाशित नहुनुले हामी उच्च तहका नेतृत्वदायी व्यक्तिहरूमाथि नैतिक प्रश्र्न खडा गरेकाे छ। गुटगत चिन्तन, ब्यक्तिगत स्वार्थ र प्राथमिकताकाे उपेक्षाले हामी सबैलाई बर्बाद गर्नेछ।अकर्मण्य र तमासे नबनाै।गराैं।'


तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते पार्टी एकता भइ ने क पा बनेको थियो। तर यसबीच सांगठनिक एकता तल्लो तहसम्म पुग्न सकेको छैन। 


यसले कार्यकर्तामाझ अन्यौलता सिर्जना गरेको छ। यसको ज्वलन्त उदाहरण यही २५ फागुनमा रौतहटको गरुडामा आयोजित जनसभामा ने क पाका कार्यकर्ताहरु एमाले र माओवादी केन्द्रका चुनाव चिन्ह अंकित झण्डा बोकेर नेकपा एमाले जिन्दावाद, नेकपा माओवादी केन्द्र जिन्दावादको नारा लगाउँदै आएका थिए। 


पार्टी एकताका बाँकी काम टुंग्याउन पटक पटक कार्यदल गठन गरिए पनि कार्यदल भित्रै विवाद हुँदा प्रतिवेदनसमेत तयार पार्न सकेका छैनन्। 


पछिल्लो पटक पुसमा ने क पाको स्थायी कमिटीको बैठकले रामबहादुर थापा बादल नेतृत्वमा एकताका बाँकी काम टुंग्याउन कार्यदल बनाएको थियो। १५ दिनको म्याद सहित गठन भएको कार्यदलले दुई महिना लगाउँदा पनि प्रतिवेदन तयार पार्न सकेन। यो कार्यदल सचिवालयको बैठकले भंग गरिसकेको छ। 



ने क पाको एकता ढिलाइप्रति नारायणकाजीले पोखे असन्तुष्टि, 'अकर्मण्य र तमासे नबनाै' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट