PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चालकको बयान, 'मकवानपुर जन्ती बस दुर्घटना ब्रेकफेलका कारण'



चालकको बयान, 'मकवानपुर जन्ती बस दुर्घटना ब्रेकफेलका कारण'

काठमाडौँ: मकवानपुरको कान्तिपथ लोकमार्गमा पर्ने गढी गाँउपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

जन्ती बोकेर भक्तपुरबाट हेटौडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो। बसमा सवारमध्ये दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले अनुसार मृत्यु हुनेहरूमा नुवाकोट घर भएका अन्दाजी २० वर्षीय विकास धमला र भक्तपुर बस्ने पाँचखाल घर  भएका अन्दाजी ३५ वर्षीय नवराज परियार रहेका छन्।

परियार बिवाहको लागि बैन्डबाजा बजाउन गएका थिए। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गाडीमा ब्रेक फेल भएपछि दुर्घटना भएको चालकले बयान दिएको डिएसपी भट्टराइले बताए।

बसमा सवार २२ जना घाइते भएका छन्। घाइतेमध्ये २० जना उपचारपछि फर्किसकेको डिएसपी भट्टराइले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell