PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'भद्रगोल' को पाँडे चरित्रप्रति पाण्डे समाजको आपत्ति, कलाकार घिमिरेले दिए यस्तो स्पष्टीकरण



पहिलोपोस्ट

'भद्रगोल' को पाँडे चरित्रप्रति पाण्डे समाजको आपत्ति, कलाकार घिमिरेले दिए यस्तो स्पष्टीकरण

काठमाडौं:  चर्चित हास्य टेलिश्रृङ्खला 'भद्रगोल'मा कलाकार अर्जुन घिमिरेले निभाउँदै आएको 'पाँडे' पात्रलाई लिएर नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै उक्त 'पाँडे'को भूमिकाले मुलुकभर रहेका पाण्डे समुदायलाई चोट पुर्‍याएको समाजले आरोप लगाएको छ।

'पाण्डे समुदायले मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्‍याएको योगदानलाई ढालेर हास्य पात्रको रुपमा चित्रण गर्दा जो सुकैको मन दुख्नु स्वभाविक हो'  समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

उता 'पाँडे' पात्रको भूमिकामा देखिएका अर्जुनले भने 'पाँडे' र पाण्डेमा फरक रहने बताए। उनले भने, 'जहाँसम्म मलाई लाग्छ पात्र 'पाँडे' र पाण्डेमा फरक छ। यो अभिनय गर्ने पात्र मात्र हो। 'पाँडे'ले फटाइं गरेको मात्र देखाएका छैनौं। कमेडीलाई जातिसमुदायसँग नजोड्दा राम्रो हुन्छ।'

यो टेलिश्रृङ्खला ८ वर्षदेखि प्रसारणमा छ। उनी आफै सुरुदेखि नै उक्त भूमिकामा देखिँदै आएका छन्। टेलिश्रृङ्खलाले २०१ भाग पूरा गरेको छ।

'कुनै संगठन संस्था, व्यक्तिलाई आक्षेप लगाउन जन्मेको पात्र होइन। नेपाल भनेको बहुभाषी, विभिन्न संस्कार संस्कृतिको देश हो', उनले सुनाए 'यहाँ विभिन्न पात्र निर्माण गर्दा कुनै न कुनै जाती र थरसँग मिल्न जान्छ। तर त्यो जातीलाई वा थरलाई नराम्रो गर्ने भन्ने हुँदैन। समाजकाका प्रवृत्तिलाई व्यङ्ग्य गर्ने पात्र मात्र हो।'

यसअघि सीताराम कट्टेल(धुर्मुस)ले निभाएको खड्का जी र मुस्कान पासाको उदाहरण दिँदै भने 'खोई उहाँलाई खड्का र नेवार समुदायले आपत्ति जनाएर विज्ञप्ती निकालेको थाहा भएन।'

'हरिबहादुर र मदनबहादुर' प्रसारणमा आउँदा पनि बहादुर समुदायले कतै आपत्ति नजनाएको उनको तर्क छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell