PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


युएनमा राष्ट्रपति भण्डारीको ६० सेकेन्डको लाइफ स्टोरी : '३३ वर्षमै बुवाको मृत्युपछि राजनीति गर्न प्रेरित भएँ'


पहिलोपोस्ट

युएनमा राष्ट्रपति भण्डारीको ६० सेकेन्डको लाइफ स्टोरी : '३३ वर्षमै बुवाको मृत्युपछि राजनीति गर्न प्रेरित भएँ'

काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीले नेपालमा नेतृत्वमा महिला सहभागिता विश्वकै लागि नमुना भएको बताएकी छन्। 

राष्ट्र संघको महासभाकी अध्यक्षले आयोजना गरेको शक्तिमा महिला शीर्षकको उच्चस्तरीय कार्यक्रमको पहिलो राउण्ड टेबल ‘कसरी महिला नेतृत्वले विश्वमा परिवर्तन ल्याउन सक्छन्’ मा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालमा हालै भएको निर्वाचनहरुबाट ४० प्रतिशत महिला निर्वाचित भएको भन्दै नेपालमा राजनीति क्षेत्रमा महिला नेतृत्वको सहभागी बढेको बताइन्। 

यसैबीच राष्ट्रपति भण्डारीले ९ वर्षकै उमेरमा  बुवा गुमाउँदाको पीडाले राजनीतिमा लाग्न प्रेरणा पुगेको बताइन्। 

प्यानलिष्टहरुलाई संयुक्त रुपमा आफू प्रभावित भएको जीवन कथाका बारेमा ६० सेकेन्डको समय दिएर सोधिएको थियो। 

‘म दुर्गम गाउँमा जन्मिएकी हुँ। त्यतिवेला मलाई महिला नेतृत्व हुनुपर्छ भन्ने थाहा पनि थिएन्,’ उनले भनिन्, ‘त्यतिबेला मेरो बुवा पढेलेखेको हुनुहुन्थ्यो। त्यहाँको हाइस्कुलको प्रिन्सिपल। उहाँको निधन ३३ वर्षमै भयो। त्यतिबेला म ९ वर्षकी थिएँ। उहाँको मृत्यु उपचार नपाएर भयो भन्ने मैले थाहा पाएँ।’ 

त्यसपछि आफूलाई कोही उपचार नपाएर मर्न नपरोस भन्ने लागेको र सोही घटनाले आफूलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको बताइन्। उनले राजनीतिमा आउन प्रेरणा दिने अनेक कथा भएको र त्यसलाई बयान गर्न समय नपुग्नेसमेत बताइन्।

यसैबीच राष्ट्रपति भण्डारीले राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरससँग भेटवार्ता गरिन्। 

राउण्ड टेबल चल्दै गर्दा राष्ट्रपति भण्डारी महासचिवसँग भेट गर्न निस्किएकी थिइन्।

भिडियो हेर्नुस्-

महासचिवसँगको भेटमा जलवायु परिवर्तनले दीगो विकासमा पुराएको समस्या र नेपाल–राष्ट्र संघबीचको साझेदारीको विषयमा छलफल भएको थियो।

त्यस्तै भेटमा नेपालले राष्ट्र संघीय शान्ति मिसनमा पुराएको योगदानको विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



युएनमा राष्ट्रपति भण्डारीको ६० सेकेन्डको लाइफ स्टोरी : '३३ वर्षमै बुवाको मृत्युपछि राजनीति गर्न प्रेरित भएँ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट