PahiloPost

May 24, 2019 | १० जेठ २०७६


युभेन्टस र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनल प्रवेश


युभेन्टस र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनल प्रवेश
फोटो: BBC

युभेन्टस र म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

अन्तिम १६ को दोस्रो खेलमा युभेन्टसले एट्लिको मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो।

युभेन्टसलाई विजयी बनाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पराजयसँगै मड्रिड प्रि क्वाटर फाइनलबाट बाहिरिएको छ।

यस्तै गए राति भएको अर्को प्रि क्वाटर फाइनल खेलमा म्यानचेस्टर सिटीले शाल्के विरुद्ध ७ गोल गर्दै क्वाटर फाइनल प्रवेश गर्‍यो। शाल्केले म्यान्चेस्टर विरुद्ध एक गोल पनि गर्न सकेन।

सिटीलाई विजयी बनाउन अगुरोले दुई गोल गरे भने स्टर्लिङ, बर्नानडो सिल्भा, फोडन र गाब्रिएल जिजसले एक-एक गोल गरेका थिए।



युभेन्टस र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटर फाइनल प्रवेश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट