PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले अवरुद्ध गर्‍यो प्रतिनिधि सभा, बैठक स्थगित



लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले अवरुद्ध गर्‍यो प्रतिनिधि सभा, बैठक स्थगित

काठमाडौं: आजको प्रतिनिधि सभाको बैठक राष्ट्रिय जनता पार्टीले अवरुद्ध पारेको छ। राजपाले बैठक शुरु हुनसाथ अवरुद्ध पारेपछि बैठक १० मिनेटका लागि स्थगित भएको सभामुख कृष्णबहादुर महराले जनाएका छन्।

राजपाका संयोजक महेन्द्र यादवले गिरिशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै राजपाका सांसद राजकिशोर यादवले बोलेपछि विरोध गर्दै संसद अवरुद्ध पारेका हुन्।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो।

तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन। प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न नदिने राजपाले चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell