PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


साफ महिला च्याम्पियनसिप :भारतद्वारा माल्दिभ्स पराजित


साफ महिला च्याम्पियनसिप :भारतद्वारा माल्दिभ्स पराजित

साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ।

विराटनगरको शहीद रंगशालामा भएको समूह बी को खेलमा भारतले ६-० गोल अन्तरले माल्दिभ्सलाई पराजित गरेको हो।

भारतले मध्यान्तरअघि पाँच तथा मध्यान्तरपछि एक गोल गरेको थियो।

भारतलाइ विजयी बनाउनका लागि सञ्जुले दुई गोल गर्दा ग्रेस डङमे, सन्धिया रङ्गनाथ, इन्दुमती काथिरसेन र रतनबाला देवीले एक-एक गोल गरेका थिए।

बिहीबारको खेलमा भुटान र बंगलादेश खेल्नेछन्। भुटानले आफ्नो पहिलो खेलमा नेपालसंग पराजित भएको थियो।



साफ महिला च्याम्पियनसिप :भारतद्वारा माल्दिभ्स पराजित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट