PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


प्रधानन्यायाधीशको न्यायाधीशलाई निर्देशन, ‘अवकाशको अन्तिम समयमा मुद्दा नहेर्नू’


पहिलोपोस्ट

प्रधानन्यायाधीशको न्यायाधीशलाई निर्देशन, ‘अवकाशको अन्तिम समयमा मुद्दा नहेर्नू’

काठमाडौँः प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले अवकाशको अन्तिम समयमा मुद्दा हर्ने परिपाटी अन्त्य गर्न उच्च र जिल्ला अदालतका न्यायाधीशलाई निर्देशन दिएका छन्। प्रधानन्यायाधीश जबराले बुधबार मातहतका अदालतमा पत्राचार गर्दै निर्देशन दिएका हुन्। 

अवकाशको अन्तिम समयमा मुद्दा हेर्दा त्यसअघि गरेका आदेश तथा फैसला लेखनमा समस्या हुने गरेको तथा कतिपय अवस्थामा विवादास्पद काम भइरहेको भन्दै आलोचना समेत हुँदै आएको थियो। प्रधानन्यायाधीश जबराले विचौलिया पहिचान र निषेधका लागि पनि मुख्य न्यायाधीश र न्यायाधीशहरूलाई निर्देशन दिएका छन्।

न्यायपालिकाप्रतिको निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनको अपेक्षा पूरा गर्न सबैको उच्च स्तरको लगन, मेहनत र इमान्दारिता आवश्यक रहेको निर्देशनमा उल्लेख छ।

‘प्रस्तुत सन्दर्भमा न्यायाधीशको अवकाशको तयारी, अवकाशपछि फैसला लेखन लगायत मुद्दासम्बन्धी कामको दायित्व नरहने अवस्थाको सिर्जना तथा अन्य व्यवस्थापकीय पक्षको सहजता समेतको दृष्टिकोणबाट न्यायाधीश अनिवार्य अवकाश हुने मितिभन्दा सामान्यतया एक महिना अगाडिदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने कार्यबाट अलग रहने गरी त्यहाँ र मातहत अदालतहरूमा समेत आवश्यक व्यवस्थापन गर्नुहोला’, प्रधानन्यायाधीशको निर्देशनमा उल्लेख छ।

यस्तै, विचौलिया निरुत्साहितका लागि व्यक्ति पहिचान र अदालतमा प्रवेश रोक लगाउन समेत निर्देशन दिइएको छ। न्यायाधीश तथा कर्मचारीको आचारसंहिता अनुगमन तथा कारबाहीका लागि पनि निर्देशन दिइएको छ। 

सामाजिक सञ्चालन प्रयोगमा पनि जिम्मेवार बन्न प्रधानन्यायाधीशको निर्देशन छ। न्यायाधीश तथा कर्मचारीहरूले सामाजिक सञ्जालमार्फत न्यायपालिकाको आस्था तथा न्याय सम्पादनमा प्रभाव नपार्न पनि निर्देशनमा उल्लेख छ ।



प्रधानन्यायाधीशको न्यायाधीशलाई निर्देशन, ‘अवकाशको अन्तिम समयमा मुद्दा नहेर्नू’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट