PahiloPost

May 24, 2019 | १० जेठ २०७६


फेसबुक चलेन? फेसबुकमात्रै हैन, मेसेन्जर र इन्स्टाग्राममा पनि विश्वभर देखियो समस्या


फेसबुक चलेन? फेसबुकमात्रै हैन, मेसेन्जर र इन्स्टाग्राममा पनि विश्वभर देखियो समस्या

फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र एपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ। 

डेलीमेलका अनुसार कुनै कुनै ठाउँमा यी तीन सेवा पूरै बन्द भएका थिए। 

अमेरिका, युरोप र दक्षिण अमेरिकाका केही भागका मुख्य सहरी क्षेत्रमा यी तीन सेवाका एप क्र्यास भएका थिए। 

नेपालमा पनि वेबसाइट र एपहरुमा केही प्रयोगकर्ताहरुले समस्या भोगेका थिए। 

अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउन भएको बारे धेरै प्रयोगकर्ताहरुले लेखेका छन्। 

यो समाचार तयार पार्दासम्म फेसबुकले समस्या किन भएको हो भन्नेबारे केही बताएको छैन। तर समस्या भएको भने ट्विटरमा स्वीकार गरेको छ।

 



फेसबुक चलेन? फेसबुकमात्रै हैन, मेसेन्जर र इन्स्टाग्राममा पनि विश्वभर देखियो समस्या को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट