PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निर्मला प्रकरणः ६ प्रहरीको थुनछेक बहस सकियो, के आउला आदेश?



पहिलोपोस्ट

निर्मला प्रकरणः ६ प्रहरीको थुनछेक बहस सकियो, के आउला आदेश?

काठमाडौँः १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका आठ प्रहरीविरुद्धको थुनछेक बहस सकिएको छ। अभियुक्तमध्ये ६ प्रहरीको बयान र थुनछेक बहस सुरु भएको थियो। बहस बुधबार सकिएको छ।

जिल्ला अदालत कञ्चनपुरमा थुनछेक बहस सकिएको अदालका श्रेष्तेदार  हरिकृष्ण अवस्थीले बताए। अवस्थीले भने, ’बुधबार सबैको पक्षबाट बहस सकिएको छ। सम्भव भए आज नभए भोलि आदेश आउँछ।‘

यस्तै मुद्दाको हदम्याद लगायतका विषयमा एमिकस क्यूरीको बहस पनि सकिएको छ। सामान्यतया हदम्यादको प्रश्नको निरूपणपछि मात्र कसुरका विषयमा अदालत प्रवेश गर्ने गर्छ।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, सब इन्स्पेक्टर हरसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदविरुद्ध मुद्दा दायर गरिएको थियो।

एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी भने अहिले पनि फरार छन्। उनीहरुविरुद्ध सात दिने सूचना जारी भएको छ।

एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्बनमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell