PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आफ्नो नेपाली डेब्यू फिल्म हेर्न नेपाल आए बलिउडका 'ब्याडम्यान' गुल्सन ग्रोवर



पहिलोपोस्ट

आफ्नो नेपाली डेब्यू फिल्म हेर्न नेपाल आए बलिउडका 'ब्याडम्यान' गुल्सन ग्रोवर

काठमाडौं: भारतीय अभिनेता गुल्सन ग्रोवर बुधवार नेपाल आएका छन्। बलिउडमा 'ब्याड म्यान' का रुपमा परिचित ग्रोवर आफूले अभिनय गरेको नेपालको पहिलो अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'को प्रिमियर सोका लागि उनी नेपाल आएका हुन्।

फिल्मका टिमसँग पाटन दरबार क्षेत्रमा उनले फिल्मको प्रचार पनि गरेका छन्। फिल्मको प्रचारका लागि अभिनेत्री आना शर्मा, निर्माता नकिम एद्दिन, शिशिर बाङ्देललगायतको टिम पाटन पुगेका थिए। प्रचार कार्यक्रममा दर्शकको भीड देखिन्थ्यो।

यो फिल्म चैत १ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन्। फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको बताइएको छ।

फिल्ममा गुल्सन र आनासँगै अमेरिकी अभिनेता जोसे, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतमलगायतको अभिनय छ।


 

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell