PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वसन्तपुरमा ठडाइयो चीर, शुरु भयो होली, १४ फोटोमा हेर्नुस् 

वसन्तपुरमा ठडाइयो चीर, शुरु भयो होली, १४ फोटोमा हेर्नुस् 


काठमाडौं: वसन्तपुरमा रंगीचंगी ध्वजापताका झुन्ड्याइ बनाइएको तीन तल्ले चीर ठड्याइएसँगै विधिवत् रुपमा होली सुरु भएको छ। 

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साईतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होली चीर ठड्याईएको हो ।

अब फागु पूर्णिमाको दिन हर्ष बढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लागेर दहन गरेपछि औपचारिक रुपमा होली सकिन्छ। त्यसरी चीर दहन गर्ने दिन टुंडिखेलकोमध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।
 
वसन्त उत्सवका रुपमा मनाइ रंगहरुको पर्व होलीको पौराणिक महत्व रहेको छ।
 
लोककथा अनुसार भगवान् कृष्णले यमुना नदीमा निर्वस्त्र नुहाइरहेका गोपिनीको कपडा चोरे। उनले रुखको हाँगामा कपडा झुन्ड्याई अर्को हाँगामा बसेर बाँसुरी बजाउन थाले। गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा दिएनन्। उनले गोपिनीहरुलाई प्रायश्चित्त गर्न लगाए। गोपिनीहरुले कृष्णलाई जल चढाएर प्रायश्चित्त गरेपछि मात्र कपडा झारिदिए।

कृष्णको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको हो। नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन्।

यस्तै, अर्को कथनका अनुसार भगवान् विष्णुका भक्त प्रल्हादका बुबा हिरण्यकशिपुले आफ्नै छोरालाई मार्न आफ्नी बहिनी होलिकालाई निर्देशन दिन्छन्। होलिकाले प्रल्हादलाई काखमा बसाली आगो लगाउछिन्। 

आगोले नमर्ने बरदान पाएका प्रल्हाद जल्ने कुरै भएन होलीका आफै जल्छिन्। यसरी होलिकाको मृत्यु भएको खुशीयालीमा होली मनाउन सुरु गरिएको कथन छ।



ट्रेन्डिङ पोस्ट

Ncell