PahiloPost

May 24, 2019 | १० जेठ २०७६


राप्रपाको भोलिको सभाका लागि तोकियो रुट, बाटो अवरुद्ध हुनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


पहिलोपोस्ट

राप्रपाको भोलिको सभाका लागि तोकियो रुट, बाटो अवरुद्ध हुनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि उपत्यकामा आयोजना गर्ने कलशयात्रा र आमसभाको समय तालिका सार्वजनिक गरेको छ। ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन चैत १ मा काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी राप्रपाले गरेको हो।

अपरान्ह १२ बजे भृकुटीमण्डपमा राप्रपाको कार्यक्रम समापन हुने गरी पार्टीले समय तालिका र रुट सार्वजनिक गरेको हो। बिहान ७:३० बजे ललितपुरबाट यात्रा सुरु हुने कार्यक्रम तय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

ललितपुरबाट सुरु भएको यात्रा भक्तपुर जानेछ। भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै डिल्लीबजार पुग्नेछ। त्यहाँबाट कलशयात्रा भृकुटीमण्डपमा पुग्नेछ। राप्रपाले स्वाविमान यात्राका क्रममा यातायात अवरुद्ध हुनसक्ने संकेत गर्दै वैकल्पिक मार्गबाट यात्रा गर्न आग्रह गरेको छ। 

'यात्रा सञ्चालन हुने रुटहरुमा केही समय सवारी आवागमनमा असुविधा उत्पन्न हुन सक्ने भएकाले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्नु हुन आदरणीय उपत्यकावासी दाजुभाई तथा दिदिवहिनीमा राप्रपा सादर अनुरोध गर्दछ,' श्रेष्ठद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ। 
यात्राको रुट यस्तो हुनेछ :

बिहान ७ :३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदर्शनीमार्ग, भृकुटीमण्डप।

 



राप्रपाको भोलिको सभाका लागि तोकियो रुट, बाटो अवरुद्ध हुनसक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट