PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विप्लवले मलाई मार्ने षड्यन्त्र बनाएको सुनियो, यसको परिणाम दुर्भाग्यपूर्ण हुन्छ: प्रचण्ड



विप्लवले मलाई मार्ने षड्यन्त्र बनाएको सुनियो, यसको परिणाम दुर्भाग्यपूर्ण हुन्छ: प्रचण्ड
फोटो: facebook.com/puspa.oli123

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन्। वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

अध्यक्ष प्रचण्डले विप्लव पार्टीलाई हिजो सगै लडेका आफ्नै साथीहरुको सरकार छ अनी परिस्थिति हेर्नु पर्दैन  भनेर प्रश्न गरेका छन्। ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको पनि भेटियो,' उनले भने, 'सजिलो छैन प्रचण्ड बन्न पनि। प्रचण्डले भने कसैले चाहेर पनि भैहाल्ने हैन, म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइनँ, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए। अब त्यहि समयमै प्रचण्ड बनिदैन।'

उनले नयाँ बाटो खोज्नसमेत अपिल गरे। भने, 'साथीहरु नयाँ बाटो खोज्नुस्, साच्चै केही गर्नुछ भने प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रम हो। त्यो भ्रमले कहि पनि पुग्दैन। यसको परिणाम दुर्भाग्य हुन्छ। मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिई राखेको छु,’उनले थपे, 'हिजसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको, माइनुटसमेत गरेको मलाई सूचना आएको छ,' उनले भने।

कार्यक्रममा शहीदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, 'एउटै पार्टीको झण्डामूनि बसेर शहीद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ। आफुले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे।

प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने शहीद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको जनाएका छन्। प्रचण्डले भावुक हुँदै शहीद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपूतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell