PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विप्लवलाई सरकारका प्रवक्ता बास्कोटाले भने: रातो कार्पेट बिछ्याएर, दश औंला जोडेरै बिन्ति गर्छु, आउनुस्



विप्लवलाई सरकारका प्रवक्ता बास्कोटाले भने: रातो कार्पेट बिछ्याएर, दश औंला जोडेरै बिन्ति गर्छु, आउनुस्

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द 'विप्लव'लाई वार्तामा आउन आह्वान गरेका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले विप्लवसँग सरकारले वार्ताको प्रयास अत्याधिक गरेको र नआएपछि प्रतिबन्ध लगाउन बाध्य भएको बताए।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै वार्तामा आउन आह्वान गरेका हुन्। बास्कोटाले भने, 'उहाँहरु आउनुभयो भने रातो कार्पेट बिछ्याएरै, दश औंला जोडेरै बिन्ति छ, आउनुस्।'

वार्तामा नआएमा राज्यले आफ्नो भूमिका  निभाउन बाध्य हुने उनले चेतावनी दिए। उनले भने, 'आउनु भएन भने राज्यले कदम चाल्नै पर्छ।'

बास्कोटाले विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता नभएकैले समूह भनिएको दाबी गर्दै प्रचलित कानुनअनुसार नै उनीहरुलाई प्रतिबन्ध लगाएको स्पष्ट पारे।

मन्त्री बास्कोटाले विप्लव समूहबाट गरिने अपराधिक तथा विध्वंसकारी समूह घोषणा गरी संलग्न हुने, सहयोग गर्ने सबैलाई कारवाही गर्ने निर्णय भइसकेको उल्लेख गर्दै अवैध हातहतियार बुझाउन सूचना जारी गर्नेसमेत जनाए।

त्यसैगरी उनले विप्लव समूहले हतियार बुझाए कारवाही नगरिनेसमेत स्पष्ट पारे। हतियार बुझाउन ३५ दिनको समयसीमा तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell