PahiloPost

May 24, 2019 | १० जेठ २०७६


उद्घाटन अघिनै विवादमा प्रदेशस्तरीय मुख्यमन्त्री कप : स्वयंसेवक नियुक्तिमा मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालयलाई 'एक कल'


पहिलोपोस्ट

उद्घाटन अघिनै विवादमा प्रदेशस्तरीय मुख्यमन्त्री कप : स्वयंसेवक नियुक्तिमा मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालयलाई 'एक कल'

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेशस्तरीय मुख्यमन्त्री कप उद्घाटन पूर्व नै विवादमा परेको छ। सामाजिक विकास मन्त्रालयले खेलकुद सञ्चालनका लागि झन्डै दर्जन जति उप–समितिहरू गठन गरेको छ। त्यसमध्येको स्वयमं सेवक परिचालन उप समितिले आफू निकटका मान्छेहरू स्यमसेवकमा राखेको आरोप लागेपछि विवादित बनेको हो।

कैलाली बहुमुखी क्याम्पसका स्ववियु सदस्य ललित ओझाले स्वयंसेवक छनौंटका लागि सिफारिस गरिएका नामहरू हटाएर आफू निकटमा मान्छे र कार्यकर्ता राखेको आरोप लगाए ‘यस अघि एउटा निर्णय भएको थियो।’ उनले भने ‘जसमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र एश्वर्या विद्यानिकेतनमा अध्ययनरत विद्यार्थी राख्ने गरी छनौट गरिएको थियो। तर अहिले आएर सामाजिक विकास मन्त्रालय र उपसमितिले आफ्नै निकटका आफन्त र नातागोतालाई मात्रै समितिमा राखिएको छ।’ ऐश्वर्याका विद्यार्थी रोहित कुँवरको पनि त्यही गुनासो छ।

तर सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने त्यस्तो कुनै पनि विभेद नभएको बताएका छन्। ‘मुख्यमन्त्री कार्यालयबाट फोन आए पनि हामी त्यसरी राख्दैनौँ।’ उनले भने। तर सुवेदीले आफूले सुरुमा तीस जना राख्ने सूची तयार पारेको भएपनि अहिले सबैले आ–आफ्ना मान्छे राखिदिन आग्रह गरेपछि त्यो सूची बढेको बताए।

हाल उक्त सूचीमा ५९ जनाको नाम समावेश भइसकेको खुल्न आएको छ। स्वयंसेवकहरुलाई सामाजिक विकास मन्त्रालयले दैनिक साढे ६ सय भत्ता दिने निर्णय गरेको छ। स्वयंसेवकका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट सामाजिक विकास मन्त्रालयमा स्वयंसेवक नियुक्तिका लागि एक कल फोन गएको कुरा पनि बाहिरिएको छ।

मुख्यमन्त्री कार्यालयबाट स्वयंसेवक नियुक्ति गर्दाखेरी आधा दर्जन जतिको सूची तयार पारेर नियुक्ति गरिदिनका लागि फोन गएकै खुलेको हो।

५ दिनमा २ करोड सक्काउने खेल भन्दै आर्थिक लेखाजोखा माग गर्ने विद्यार्थीहरूको भनाई छ। मुख्यमन्त्री कपका लागि सामाजिक विकास मन्त्रालयले २ करोड बजेट विनियोजन गरेको छ।

फागुन २९ गतेबाट सुरु भएका खेलहरू चैत्र ५ गतेसम्म चल्नेछन्। तर विद्यार्थीहरूले भने सात दिनमा २ करोड सिध्याउने चलखेल भएको आरोप लगाएकै छन्। आवश्यक तयारी विना हतार-हतारामा खेलहरू सक्काउने गरी सरकार लागिपरेको उनीहरूको आरोप छ। तर प्रदेश सरकारले भने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी साढे ६ सयको सङ्ख्यामा आगमन भएकाले यसले आर्थिक समृद्धि र पर्यटन विकासमा टेवा पुग्ने जनाएको छ।

प्रतियोगिताको उद्घाटन भने शुक्रवार प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यसअघि राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एकले उद्घाटन गर्ने आयोजकले जनाएको थियो। तर फुटबल र क्रिकेटका लिग लिगचरणका खेलहरू २९ गते (बुधवार)बाट सुरु भइसकेको छ।

पुरुष क्रिकेटका खेलहरु धनगढीको फाप्ला मैदान तथा महिला क्रिकेटका खेलहरु संघीय प्रहरी कार्यालयको खेल मैदानमा भरहेका छ। यस्तै पुरुष फुटबलका खेलहरु भने धनगढीको रंगशालामा भइरहेका छ।

दोस्रो दिनको खेलहरुपछि पुरुष फुटबलमा प्रदेश नम्वर १ र प्रदेश नम्वर २ सेमिफाइनल पुगेका छन्।

यस्तै पुरुष क्रिकेटमा प्रदेश नम्वर २ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन्।



उद्घाटन अघिनै विवादमा प्रदेशस्तरीय मुख्यमन्त्री कप : स्वयंसेवक नियुक्तिमा मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालयलाई 'एक कल' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट