PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटोमा हेर्नुस् 'राजा' हेर्न सर्लाहीमा सर्वसाधारणको घुइँचो, सीके राउतसँगको सहमतिबारे बोलेनन्

फोटोमा हेर्नुस् 'राजा' हेर्न सर्लाहीमा सर्वसाधारणको घुइँचो, सीके राउतसँगको सहमतिबारे बोलेनन्

बीपी साह/पहिलोपोस्ट


सर्लाही (मलंगवा) : ‘जनताले जे चाहन्छ त्यही हुन्छ, सबै कुरा तपाईँहरुको हातमा छ,’ पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित होटल सीताशरणबाट सर्लाहीको मलंगवा जान निस्किँदै गर्दा भने।

पत्रकारहरुले सोधेको सरकार र डा.सीके राउतबीचको सहमतिका बारेमा भने उनले मुख खोलेनन्। 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्नेको घुइँचो नै लागेको छ।

मधेस यात्राको क्रममा बिहीबार सर्लाहीको मलंगवा पुगेका पूर्वराजालाई हेर्न हजारौंको संख्यामा सर्वसाधारणहरु जम्मा भएका थिए। 

जनकपुरबाट सुरक्षा एस्कर्टिङसहित गाडीमा गएर दिउँसो चार बजे मलंगवा पुगेका पूर्वराजा शाहले दुर्गा मन्दिरमा करिब आधा घण्टा पूजा गरे। मन्दिर परिसरमा सर्वसाधारणको भिड थियो।

दुर्गा मन्दिरबाट करिब दुई सय मिटर पूर्वराजा पैदल हिँडेका थिए। सो क्रममा सर्वसाधारणहरुसँग भेट्दै सर्लाहीको मुख्य बजारसम्म पुगे। त्यसपछी पुनः गाडीमा बसेर अर्को पार्टी प्यालेसभित्र रहेको मन्दिरमा पूजा गरेका थिए।

करिब २ घण्टा मलंगवामा बिताएका पूर्वराजाका समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए। 

विभिन्न राजावादी पार्टीका सामान्य कार्यकर्ताहरु देखिए पनि राजालाई हेर्न भनेर अधिकांश सर्वसाधारण मलंगवा पुगेका थिए।

विभिन्न माध्यमबाट पूर्वराजा आउने जानकारी पाएका रौतहट र बारा जिल्लाका सर्वसाधारण पनि मलंगवा पुगेका थिए। साँझ ६ बजे पूर्वराजा शाह मलंगवाबाट फर्किए।   
 



ट्रेन्डिङ पोस्ट

Ncell