PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

युरोपा लिग : जिरुर्डको ह्याट्रिक, आर्सनलको कमब्याक, सेभिया बाहिरियो, दोस्रो लेग हारेर पनि नेपोली क्वाटरफाइनलमा


पहिलोपोस्ट

युरोपा लिग : जिरुर्डको ह्याट्रिक, आर्सनलको कमब्याक, सेभिया बाहिरियो, दोस्रो लेग हारेर पनि नेपोली क्वाटरफाइनलमा

पिएरे एमरिक ओवामेयाङले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरेपछि रेन्स विरुद्ध पुनरागमन जित हात पार्दै आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

आर्सनलसँगै इंग्ल्याण्डबाट चेल्सी, स्पेनबाट भ्यालेन्सिया र भियारियाल क्वाटरफाइनल पुग्दा पूर्व विजेता स्पानिस क्लब सेभिया भने बाहिरिएको छ। यस्तै इटलीबाट नेपोलीले अन्तिम ८ मा स्थान बनाउँदा इन्टर मिलान बाहिरिएको छ।

प्रिक्वाटरफाइनलको पहिलो लेगमा अप्रत्यासित रुपमा ३-१ को हार बेहोरेको इंग्लिस क्लब आर्सनलले दोस्रो लेगमा ३-० ले जित्दै समग्रमा ४-३ को जित हात पारेको हो।

घरेलु मैदान एमरेट्स स्टेडियममा भएको खेलमा ओवामेयाङले पाँचौ र ७२औ मिनेटमा गोल गरे। उनलकै सहयोगमा १५औँ मिनेटमा म्याटल्याण्ड नेइल्सले गोल गरेका थिए।

आर्सनलले कमब्याक गर्दा अर्को लण्डन क्लब चेल्सीका लागि ओलभिर जिरुडले ह्याट्रिक गरे। जिरुडको ह्याट्रिक मद्दतमा डाइनामो किभलाई दोस्रो लेगमा ५-० ले पराजित गरेको चेल्सीले समग्रमा ८-० को जित हात पारेको हो।

इंग्लिस क्लबले पहिलो लेग ३-० ले जितेको थियो। चेल्सीलाई फराकिलो जित दिलाउन जिरुडले पाँचौ, ३३औँ र ५९औँ मिनेटमा गोल गरे। यस्तै मार्कोस अलोन्सलोले ४५औँ र हड्सन ओडोइले ७८औँ मिनेटमा गोल गरे।

यसैगरी पाँच पटकको युरोपा लिग विजेता सेभिया भने चेक क्लब सिल्भिया प्रागसँग समग्रमा ६-५ ले पराजित हादै बाहिरिएको छ।

पहिलो लेगमा २-२ गोलको बराबरी खेलेको सेभिया दोस्रो लेगमा ४-३ ले पराजित भयो। दोस्रो लेगको निर्धारित समयमा २-२ कै बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। जहाँ सेभियाले एक गोल गर्दा प्रागले अन्तिम १८ मिनेटमा २ गोल गर्‍यो। फ्रान्को भज्क्वेजले ९८औँ मिनेटमा गोल गरेपछि सेभियाले समग्रमा ५-४ को अग्रता बनाएको थियो। तर १०२औँ मिनेटमा मिक भान बुरेन र १०९औँ मिनेटमा इब्राहिमल ट्राओरले गोल गरेपछि प्रागले ४-३ ले खेल जित्दै समग्रमा ६-५ को जित हात पार्‍यो।

स्पेनकै अर्को क्लब भ्यालेन्सियाले भने एफसी क्रान्सडोनरलाई समग्रमा ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो। पहिलो लेग भ्यालेन्सियाले २- ले जितेको थियो भने दोस्रो लेग १-१ को बराबरीमा सकियो।

यस्तै भ्यारियालले सेन्ट पिटर्सवर्गलाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै समग्रमा ५-२ को जित हात पार्‍यो।

इटालियन क्लब नेपोली दोस्रो लेगमा साल्जवर्गसँग ३-१ ले पराजित भएपनि समग्रमा ४-३ ले नतिजा आफ्नो पक्षमा पार्दै क्वाटरफाइनल पुग्न सफल भयो।

पहिलो लेगमा ३-० को जित हात पारेको नेपोलीले दोस्रो लेगमा अग्रता लिएर पनि तीन गोल बेहोरेको हो।

इटलीकै इन्टर मिलान भने दोस्रो लेगमा जर्मन क्लब एनट्राट फ्राङकफर्टसँग १-० ले पारजित भयो। पहिलो लेगमा गोलरहित बराबरीमा सकिएपछि दोस्रो लेगको जित नै जर्मन क्लबलाई क्वाटरफाइनल पुर्‍याउन निर्णायक बन्यो।

यस्तै डाइनामो जाग्रेवसँग पहिलो लेगमा १-० को हार बेहवरेको वेनफिका दोस्रो लेग ३-० ले जित्दै समग्रमा ३-१ को नतिजा निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ।



युरोपा लिग : जिरुर्डको ह्याट्रिक, आर्सनलको कमब्याक, सेभिया बाहिरियो, दोस्रो लेग हारेर पनि नेपोली क्वाटरफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट