PahiloPost

May 24, 2019 | १० जेठ २०७६


प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ खेल्ने


पहिलोपोस्ट

प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ खेल्ने

काठमाडौँ : नेपाली महिला गल्फकी नम्वर वान खेलाडी बनिसकेकी प्रतिमा शेर्पाले अमेरिकामा आफ्नो पहिलो प्रोफेसनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन्।

गल्फ खेल्न सुरु गरेदेखि नै नेपालको पहिलो प्रोफेसनल महिला गल्फर बन्ने चाहना राख्दै आएकी प्रतिमाले यही मार्चको अन्तिममा सिमेट्रा टुरमा सहभागिता जनाउन लागेकी हुन्।

१९ वर्षीय नेपाली अम्याचोर गल्फर प्रतिमाले मार्च २९-३१ मा क्यालिफोर्नियाको बेउमाउण्टमा हुने आइओए च्याम्पियनसिप खेल्ने इएसपिएनले जनाएको छ।

'नेपालको गरिब परिवारमा जन्मेर पनि राष्ट्रिय गल्फर हुन्छु भनेर मैले कहिल्यै सोचेको थिइँन। र अहिले म गल्फकै कारण अमेरिकामा छु।' आयोजकले जारी गरेको स्टेटमेन्टमा प्रतिमाले भनेकी छिन्।

'म एदमकै गर्वका साथ भन्छु की एलपिजिएबाट सिमेन्ट्रा टुर खेल्नका लागि बोलाइएको म पहिलो नेपाली हुँ। यो मेरो जीवनमा एकदमै ठूलो अवसर हो। यो मेरो राष्ट्रको लागि नै उपलब्धी हो।'

यसअघि नै दुई पटक अमेरिका पुगिसकेकी प्रतिमा हाल अध्ययन र गल्फ दुवैलाई संगसँगै अगाढि बढाउन अमेरिकामा छिन्। उनी सान्ता बारबारा सिटी कलेजमा अध्ययनरत छिन्। उनी यसअघि पहिलो पटक अमेरिका जाँदा त्यहाँ विभिन्न प्रतियोगिताहरु खेलेकी थिइन्। पछिल्लो पटक भने आफ्नै बारेमा बनाइएको डकुमेन्ट्री स्क्रिनिङको अवसरमा अमेरिका पुगेकी थिइन्।

एलपिजिए खेल्ने मेरो पहिल्यै देखिको सपना थियो। मैले कहिल्यै सोचेको थिइँन कि त्यो सपना यती छोटो समयमै पूरा हुन्छ भने।' प्रतिमाले भनिन्। 'मैले मेरो जीवनमा जहिल्यै दुई कुरालाई फलो गर्छु। 'नथिङ इज इम्पोसिवल' र 'कडा मेहनतको फल जहिल्यै प्राप्त हुन्छ'। एलपिजिएले मलाई बोलाउनु र सिमेन्ट्रा टुरमा सहभागि हुन पाउनुले मलाई यो कुरा प्रमाणित गर्न सहयोग गर्छ।'

अमेरिकाबाट पहिलोपोष्टसँगको कुराकानीमा प्रतिमाले यस च्याम्पियनसिप खेल्न एकदमै उत्साहित रहेको र आफ्नो बेस्ट दिने बताइन्।

हाल ब्याचलर लेभलमा अध्ययनरत प्रतिमाले सोही तहको अध्ययन सकिएपछि मात्रै प्रो खेलाडी बन्न मिल्ने बताइन्।



प्रतिमा शेर्पाले अमेरिकामा प्रोफेसनल गल्फ खेल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट