PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिज: तीन नेपाली फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: तीन नेपाली फिल्म पर्दामा

यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म ‘द म्यान फ्रम काठमाडौं’, 'पुरानो बुलेट' र 'जानी नजानी' एकसाथ पर्दामा उत्रिएका हुन्।

पालको पहिलो अंग्रेजी फिल्म 'द म्यान फ्रम काठमाडौं'लाई पेमा धोन्डुपले निर्देशन गरेका हुन्। फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको बताइएको छ। फिल्ममा बलिउड कलाकार गुल्सन ग्रोवर, अमेरिकी अभिनेता जोसे, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आना शर्मा, आमिर गौतमलगायतको अभिनय छ।

त्यस्तै फिल्म 'पुरानो बुलेट'लाई भिषण राईले निर्देशन गरेका हुन्। पूर्वी नेपालको सामाजिक परिवेश वरपर रहेर कथा भनिएको छ। 'पुरानो बुलेट'मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय रहेको छ। फिल्मको कथा पटकथा लेखन तथा निर्देशन भीषण राईले गरेका हुन्।

त्यस्तै प्रेम कथामा आधारित फिल्म 'जानी नजानी'लाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा निष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाइएको छ। यी दुबैजना कर्पोरेट क्षेत्रमा संलग्न छन्। पेशागत भेटघाटकै क्रममा निटक भएको र त्यसपछि प्रेममा परेको कथा ट्रेलरले बोल्छ।

अन्य कलाकार सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीको अभिनय रहेको छ। 

सार्वजनिक तीनै फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell